ब्राइट बचत तथा ऋण सहकारी संस्था
ब्राइट बचत तथा ऋण सहकारी संस्थाको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न जात, धर्म, पेशा तथा व्यवसायमा आबद्ध व्यक्ति एवं समुदायलाई एक्यबद्ध गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न तथा संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले २०५६ सालमा ब्राइट बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो| यो संस्था आफ्नो स्थापनाकाल देखि नै आफ्नो उदेश्यमा अविचलित र अटल छ |यो संस्था देशको नियम कानुनको परिधि भित्र रहेर सहकारीका अन्तरास्ट्रिय सिद्धान्तहरु समेत प्रतिबद्ध रहदै आएको छ |
"सर्वाङ्गीण समृद्दिका लागि सहकारी"
विभिन्न समयमा विभिन्न उतारचढाव पार गर्दै आज यो अवस्थासम्म आइपुग्न विभिन्न समयका सञ्चालकहरू, समिति उपसमितिका पदाधिकारीहरू, कर्मचारीहरू र सदस्यहरूको आ–आफ्नै भूमिका र सहयोग रहेको छ ।
हाम्रो प्रतिबद्धता
सांस्कृतिक, पर्यावरणीय सहित संस्कारिक विकासमा सामुहिक प्रयासले ठोस उपलब्धी हासिल हुन गई समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने ।
हाम्रो
विशेषताहरू
नियमित बचतको बानी
सदस्यहरूलाई नियमित बचत गर्न प्रेरित गरी आर्थिक भविष्य सुनिश्चित गर्ने।
आधुनिक जीवनयापनमा सहयोग
स्वेच्छिक तथा खुल्ला सदस्यता
ब्राइट इतिहास
प्रारम्भिक भेला
सर्वप्रथम मिति २०५६ जेठ १५ गते शनिबार ३१ जना व्यक्तिहरू जम्मा भई प्रकाशचन्द्र लामाको अध्यक्षतामा प्रारम्भिक भेला बसेको थियो । प्रारम्भिक भेलाले संस्था दर्ता प्रयोजनका लागि प्रकाशचन्द्र लामाको अध्यक्षतामा पुष्पराज आचार्य उपाध्यक्ष, लक्ष्मण न्यौपाने सचिव, विनोद गिरी कोषाध्यक्ष र नवराज के.सी. सदस्य रहेको तदर्थ समिति गठन गर्यो । सोही बैठकले संस्था दर्ताका सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न तदर्थ समितिका अध्यक्ष प्रकाशचन्द्र लामा, सचिव लक्ष्मण न्यौपाने र सदस्य नवराज के.सी. लाई जिम्मेवारी प्रदान गर्यो । त्यतिबेला संस्था दर्ता लगायतका प्रक्रिया सम्पन्न गर्नका लागि रु. २० हजार रकम लक्ष्मण न्यौपाने, रामइन्द्र न्यौपाने, भेजप्रसाद तिमिल्सिना र कविराज तिमिल्सिनाबाट रु. ५ हजारका दरले जम्मा गरियो ।
संस्था दर्ता
यही रकमले संस्था दर्ता लगायत अन्य आवश्यक खर्च गरी मिति २०५६ भदौ १४ गते सोमबार विधिवत दर्ता भई २०५६ आश्विन ६ गते तदर्थ समितिका उपाध्यक्ष पुष्पराज आचार्यको अध्यक्षता तथा सचिव लक्ष्मण न्यौपाने र कोषाध्यक्ष विनोद गिरीको उपस्थितिमा पहिलो बैठक बसी कार्यालय स्थापना लगायत विभिन्न निर्णय गरियो ।
प्रारम्भिक साधारण सभा
त्यस्तै २०५६ पौष ७ गतेको बैठकले संस्थाको प्रारम्भिक साधारण सभा २०५६ पौष २३ गते गर्ने र उक्त दिन नयाँ सञ्चालक समितिको निर्वाचन समेत गर्न चन्द्रदत्त कँडेल, लक्ष्मण न्यौपाने र जिल्ला सहकारी कार्यालयका प्रतिनिधि सहितको एक निर्वाचन समिति गठन गर्यो ।
कार्यालय सञ्चालन
त्यसपछि मिति २०५६ माघ ६ गते सञ्चालक समितिको बैठकले संस्थाका कार्यवाहक अध्यक्ष पुष्पराज आचार्यलाई प्रबन्ध निर्देशक मनोनयन गरी कार्यालय सञ्चालन गर्ने निर्णय गरियो । विभिन्न कारणले निर्धारित मितिमा प्रारम्भिक साधारण सभा सम्पन्न हुन नसकेपछि मिति २०५६ फागुन १० गते प्रारम्भिक साधारण सभा सम्पन्न भई देवेन्द्रप्रसाद राजभण्डारी अध्यक्ष, नवराज के.सी. उपाध्यक्ष, पुष्पराज आचार्य सचिव, ओमकार कायस्थ कोषाध्यक्ष र भरत थापा सदस्य रहेको सञ्चालक समिति निर्वाचित गरियो ।
ब्राईट सञ्चालन
त्यसपछि मिति २०५६ माघ ६ गते सञ्चालक समितिको बैठकले संस्थाका कार्यवाहक अध्यक्ष पुष्पराज आचार्यलाई प्रबन्ध निर्देशक मनोनयन गरी कार्यालय सञ्चालन गर्ने निर्णय गरियो । विभिन्न कारणले निर्धारित मितिमा प्रारम्भिक साधारण सभा सम्पन्न हुन नसकेपछि मिति २०५६ फागुन १० गते प्रारम्भिक साधारण सभा सम्पन्न भई देवेन्द्रप्रसाद राजभण्डारी अध्यक्ष, नवराज के.सी. उपाध्यक्ष, पुष्पराज आचार्य सचिव, ओमकार कायस्थ कोषाध्यक्ष र भरत थापा सदस्य रहेको सञ्चालक समिति निर्वाचित गरियो । यसै क्रममा मिति २०५७ जेठ १ गते अध्यक्ष देवेन्द्र प्रसाद राजभण्डारीले राजीनामा दिनुभयो । संस्थाको मिति २०५७ भदौ ३१ गते प्रथम वार्षिक साधारण सभा भई वासुदेव खत्रीको अध्यक्षतामा बसन्तकुमार राई उपाध्यक्ष, लक्ष्मण न्यौपाने सचिव, ओमकारलाल कायस्थ कोषाध्यक्ष र अनन्त प्रसाद अधिकारी सदस्य रहेको सञ्चालक समितिको निर्वाचन गरियो र सञ्चालक समितिको मिति २०५७ आश्विन १ गतेको बैठकले संस्थाका सचिव लक्ष्मण न्यौपानेलाई प्रबन्ध निर्देशकको हैसियतमा काम गर्न नियुक्ति गरियो । प्रारम्भिक समयमा स्वयंसेवकको रूपमा काम गरेका प्रबन्ध निर्देशकलाई केही समयपछि रु. ३५०० मासिक तलब निर्धारण गरियो । यसपछि २०५८ भदौ १ गते संस्थाका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यले राजीनामा दिनुभएकोले संस्थाका सचिव तथा प्रबन्ध सञ्चालक लक्ष्मण न्यौपाने नै का.वा. अध्यक्षको रूपमा रही संस्था अगाडि बढाइयो । मिति २०५८ भदौ २८ गते चौथो वार्षिक साधारण सभा गरी मदनकृष्ण जुवाको अध्यक्षतामा देवेन्द्रप्रसाद राजभण्डारी उपाध्यक्ष, लक्ष्मण न्यौपाने सचिव, उत्तमप्रसाद घिमिरे कोषाध्यक्ष र अनन्त प्रसाद अधिकारी सदस्य रहेको समिति निर्वाचित भयो । मिति २०६१ आश्विन १६ गते भएको वार्षिक साधारण सभाले वासुदेव खत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समितिको निर्वाचन गर्यो । सातौं वार्षिक साधारण सभा मिति २०६३ पौष २८ मा शिवशरण के.सी.को अध्यक्षतामा, २०६७ पौष १५ गतेको एघारौं वार्षिक साधारण सभाले पुनः शिवशरण के.सी.को अध्यक्षतामा, मिति २०७१ असोज ३१ गतेको १५ औं वार्षिक साधारण सभाले रामइन्द्र न्यौपानेको अध्यक्षतामा र २०७५ आश्विन १३ गतेको १९ औं वार्षिक साधारण सभाले पुनः रामइन्द्र न्यौपानेको अध्यक्षतामा सञ्चालक समितिको गठन भई संस्था निरन्तर सञ्चालनमा रहेको छ । विभिन्न समयमा विभिन्न उतारचढाव पार गर्दै आज यो अवस्थासम्म आइपुग्न विभिन्न समयका सञ्चालकहरू, समिति उपसमितिका पदाधिकारीहरू, कर्मचारीहरू र सदस्यहरूको आ–आफ्नै भूमिका र सहयोग रहेको छ । यस बीचमा २ पटक संस्थाको विनियम संशोधन समेत भएका छन् । हिजो एउटा टेबल, २ वटा कुर्सी, १ पुरानो दराज र १ कम्प्युटरको भरमा सञ्चालन भएको संस्था आज भौतिक पूर्वाधारले भरिपूर्ण अत्याधुनिक सफ्टवेयर, ९ जना कर्मचारीले सञ्चालित छ ।
हामिलाइ सम्पर्क गर्नुहोस
कार्यालय ठेगाना
बागबजार, काठमाण्डौ, नेपाल